विकासका लागि अघि सारेको अभियान सकारात्मक : माधव नेपाल
भक्तपुर- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताएका छन् ।
सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरकारले जनअपेक्षा अनुसार काम गर्दै अगाडि बढ्नुपर्ने बताए ।
वरिष्ठ नेता नेपालले मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको बताउँदै सरकारले विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्नुपर्नेमा जोड दिए ।
उनले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समावेशी र समतामूलक विकासमा लाग्नुपर्नेमा जोड दिदैं नेताले कुरा भन्दा बढी काम गर्नुपर्ने सन्देश चिनियाँ राष्ट्रपति सी चीनफिङले दिनुभएको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, जिसस प्रमुख नवराज गेलाल, चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईं लगायतले सबै मिलेर देश विकास गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण