संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ : उपेन्द्र यादव
सिरहा-उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सिरहा नगरपालिका–१९ सन्हैठामा आज स्वास्थ्यचौकीको उद्घाटन तथा विश्वनाथ यादवको आठौं स्मृतिसभामा मन्त्री यादवले संविधान संशोधन गर्ने शर्तमा आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी भएको बताए ।
उनले तत्काल संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताए । कृषि क्षेत्रको विकास नभएसम्म मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि कमला–कोशी डाइभर्सन आयोजनाको काम अगाडि बढाउनुपर्नेमा जोड दिए । सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न कृषि क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारले अनुदानको नीति हटाएर सामूहिक खेतीको अवधारणा अगाडि बढाउन लागेको उल्लेख गरे । सो अवसरमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गादान दिनुभएका जगदीश यादव र भिखरु यादवलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण