मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाए, १८ जना प्रदर्शनकारीको मृत्यु

मङ्गलबार, १२ कात्तिक २०७६, १४ : १२
मङ्गलबार, १२ कात्तिक २०७६

बग्दाद। इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् ।

ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन् । इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ । इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ ।

नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप