सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाए, १८ जना प्रदर्शनकारीको मृत्यु
मङ्गलबार, १२ कात्तिक २०७६, १४ : १२
बग्दाद। इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् ।
ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन् । इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ । इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ ।
नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण