मोदी–शाहलगायत कोहलीसहित कयौँ हस्तीमाथि आतङ्कवादी हमलाको खतरा
एजेन्सी । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि आतंकवादी हमलाको अशंका रहेको बताइएको छ ।
समाचार एजेन्सीका अनुसार, राष्ट्रिय जाँच एजेन्सी (एनआईए) लाई एक गुमान पत्र प्राप्त भएको छ, जसमा हमलाको धम्की दिइएको छ ।
पत्र प्राप्त भएसँगै दिल्ली प्रहरीले मङ्गलबार भारतीय क्रिकेट टोलीको सुरक्षा बढाउन निर्देशन दिएको छ ।
एनआईए उक्त पत्र बीसीसीआईलाई पनि पठाएको छ । भारत र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला नोभेम्बर तीनबाट शुरु हुँदैछ । पहिलो खेल दिल्लीको अरुण जेटली स्टेडियममा खेलाइनेछ ।
दिल्ली प्रहरी स्रोतका अनुसार एनआईएलाई प्राप्त पत्रको सूचीमा भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानी, कार्यकारी अध्यक्ष जेपी नड्डा तथा स्वयम्सेवक संघका प्रमुख मोहन भागवतको नाम पनि सामेल छ ।
चिठ्ठीमा केरलको कोझिकोडस्थित अल इन्डिया लश्कर नामको संगठनले लोकप्रिय हस्तीलाई निशाना बनाउन सक्ने बताइएको छ ।
यो पत्र झुठो पनि हुनसक्ने बताइएको छ । तैपनि खतराको आशंकालाई मध्यनजर गर्दै त्यसलाई नजरअन्दाज नगरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण