मिथिलामा सुरु भयो छठको चहलपहल
महोत्तरी । मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ । यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ ।
छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रगोग गरिने बिधि छ । मिथिला क्षेत्रमा जताततै केराका घरीको बजार जमेको छ । छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ । छठ पर्व मिथिलाको साझा पर्व जस्तै बनेको छ ।
कात्तिक शुक्ल चौथीका दिन शुरु भएर सप्तमीका दिन बिहान सम्पन्न गरिने छठ सूर्य उपाशनाको पर्व हो । छठ पर्वमा व्रत लिने मात्र नभएर परिवारका, नातागोताका र छरछिमेकका सबै परिचालित हुने हुँदा यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ । अहिले मिथिलामा जताततै सूर्य उपाशनाका गीत गुञ्जिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण