भीआईपी जुवाडे पक्राउ प्रकरण : मुद्दा थपिँदा बुधबार पनि थुनामै
काठमाडौं – काठमाडौंको महाराजगन्जबाट करिब तीन करोड रूपैयाँ रकमसहि पक्राउ परेका भीआईपी जुवाडेको रिटमाथिको सुनुवाई बिहीबार मात्र हुने भएको छ । सर्वोच्चमा बुधबार थप ६ जनाले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि सबै मुद्दालाई एकसाथ राखेर सुनुवाई गर्ने आदेश सर्वोच्चले गरेपछि उनीहरु थुनामै गएका हुन्।
असोज १० बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता,उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च पुगेका थिए ।
तर बुधबार सोही घटनामा संलग्न अन्य आठजनाले पनि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले सबै मिसिल साथै राख्न आदेश गरेको हो ।
बुधबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गर्नेमा इन्द्रबहादुर श्रेष्ठ, प्रेमथापा मगर, अशोक श्रेष्ठ, रामकृष्ण केसी, शम्भुबहादुर बुढाथोकी, होमप्रसाद चौलागाई, साङ्बु शेर्पा र गेल्जे लामा छन् ।
सो रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रहरीलाई पत्र पठाएर ‘पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन’ रिट दर्ता गरेकै दिन आदेश गरेको थियो । प्रहरीले ती ६ जनालाई सर्वोच्चमा सोमबार नै उपस्थित गराएको थियो । सो दिन रिटमा बहस चलेपनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैमा राखेपछि यसको सुनुवाई बुधबारलाई सरेको थियो ।
यस्तै प्रहरीले थुनामा राखेको कार्य गैरकानुनी भएको भन्दै पछिल्लो पटक थप ८ बन्दीले दायर गरेको निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चले उनीहरुलाई पनि २४ घन्टाभित्र अदालत उपस्थित गराउन भनेको छ। सर्वोच्चको आदेश अनुसार प्रहरीले बिहीबार उनीहरुलाई अदालत उपस्थित गराउने छ।
गत शनिवार राति महाराजगञ्जमा जुवा खेल्दै गर्दा दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र चार बुक ताससहित २५ जना जुवाडे पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण