बैतडीमा काङ्ग्रेस उम्मेदवार छनोट

बैतडी – आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आज बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।
दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको काङ्ग्रेस वडा कार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए ।
वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका– १ र पुर्चौडी नगरपालिका–४ मा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।
नेकपाले यसअघि नै उपनिर्वाचन हुने सबै वडामा आफ्ना उम्मेदवार टुङ्गो लगाइसकेको छ । काङ्ग्रेसले भने अन्य २ वडा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ । यसका साथै उम्मेदवार छनौटका अन्य साना दलले पनि आन्तरिक छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने