मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी कोारियाली नेता किमद्वारा समवेदना प्रकट

बिहीबार, १४ कात्तिक २०७६, १४ : १४
बिहीबार, १४ कात्तिक २०७६

सोल– उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाएका छन् । किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको निधनप्रति समवेदना प्रकट गर्दै सन्देश पठाउनुभएको दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसले बिहीबार जानकारी  दिएको छ ।

समवेदनापत्र बुधवार दिउँसो दुई कोरियाबीचको गाउँ पान्मुन्जोमा पठाइएको थियो ।  राष्ट्रपति मुन हाल आमाको अन्त्येष्टि कार्यका लागि देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा रहेका छन् । किमले पठाउनु भएको समवेदना सन्देशमा राष्ट्रपति मुनको आमाको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्नु भएको बताइएको छ । 

लामो समयदेखि बिरामी परेकी मुनकी आमाको ९२ वर्षको उमेरमा निधन भएको थियो  । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप