उत्तरी कोारियाली नेता किमद्वारा समवेदना प्रकट
बिहीबार, १४ कात्तिक २०७६, १४ : १४
सोल– उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाएका छन् । किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको निधनप्रति समवेदना प्रकट गर्दै सन्देश पठाउनुभएको दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसले बिहीबार जानकारी दिएको छ ।
समवेदनापत्र बुधवार दिउँसो दुई कोरियाबीचको गाउँ पान्मुन्जोमा पठाइएको थियो । राष्ट्रपति मुन हाल आमाको अन्त्येष्टि कार्यका लागि देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा रहेका छन् । किमले पठाउनु भएको समवेदना सन्देशमा राष्ट्रपति मुनको आमाको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्नु भएको बताइएको छ ।
लामो समयदेखि बिरामी परेकी मुनकी आमाको ९२ वर्षको उमेरमा निधन भएको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण