महराविरुद्ध अदालतमा मुद्दा, साढे ७ वर्ष सजाय माग
काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत अभियोगपत्र दायर भएको छ ।
महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएसँगै सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो । महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत मुलुकी अपराध संहिता अन्तर्गत दल २१९ को उपदफा १ र २ बमोजिम सजाय मागदाबी गरिएको छ । जसमा जबरजस्तीकरणी उद्योग र फौजदारी कसुर सजायको माग गरिएको छ। फौजदारी कसूर सजाय अन्तर्गत सोही ऐनको दफा १५ को २ र ३ को ङ अनुसार सजाय माग गरिएको हो ।
यो दुबै जोड्दा महरामाथि साढे ७ वर्ष कैद मागदाबी गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको आरोप महरामाथि छ ।
महरामाथि अनुसन्धान गरी गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
महरा गत असोज १८ गते पक्राउ परेका थिए । उनीविरुद्ध शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा जाहेरी दिएपछि महरा बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण