आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महराविरुद्ध अदालतमा मुद्दा, साढे ७ वर्ष सजाय माग

बिहीबार, १४ कात्तिक २०७६, १६ : १८
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत अभियोगपत्र दायर भएको छ । 

महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएसँगै सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो । महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत मुलुकी अपराध संहिता अन्तर्गत दल २१९ को उपदफा १ र २ बमोजिम सजाय मागदाबी गरिएको छ । जसमा जबरजस्तीकरणी उद्योग र  फौजदारी कसुर सजायको माग गरिएको छ।  फौजदारी कसूर सजाय अन्तर्गत सोही ऐनको दफा १५ को २ र ३ को ङ अनुसार सजाय माग गरिएको हो । 
यो दुबै जोड्दा महरामाथि साढे ७ वर्ष कैद मागदाबी गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । 

सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको आरोप महरामाथि छ । 

महरामाथि अनुसन्धान गरी गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

महरा गत असोज १८ गते पक्राउ परेका थिए । उनीविरुद्ध शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा जाहेरी दिएपछि महरा बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप