शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजावादी पार्टी राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्‍यो

शनिबार, १६ कात्तिक २०७६, ११ : २८
शनिबार, १६ कात्तिक २०७६

काठमाडौं । आगामी मंसिर १४ का लागि तय भएको उपनिर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)उम्मेदवारहरु सिफारिस गर्न थालेको छ । 

राजावादी सो पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्यसमितिलाई प्रदान गरेको छ भने गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ । 

यसैगरी प्रदेश र संघीय संसदको टिकट भने सम्बन्धित जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस  गरे बमोजिम प्रदेश समितिको सिफारिसमा पार्टी केन्द्रले दिने तय भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी गराए । 
सोही अनुसार पार्टीले भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा माधव खत्री, राममणि न्यौपाने, वुद्धि कुमार प्यासी, बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का र शिबराज केसीको नाम सिफारिस गरेको उनले बताए । 
 यसैगरी दाङ क्षेत्र नम्बर ३ ख मा भुपाल रावतको नाम सर्वसम्मत सिफारिस गरिएको छ भने  बाग्लुङ–२ ‘ख’ मा गणेश कुँवर सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । 
 यस्तै कास्की क्षेत्र नम्बर २ मा डा भिमसेन गुरुङ, रोम बहादुर भण्डारी, जयलाल पुन, कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम सिफारिस भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप