राजावादी पार्टी राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो
काठमाडौं । आगामी मंसिर १४ का लागि तय भएको उपनिर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)उम्मेदवारहरु सिफारिस गर्न थालेको छ ।
राजावादी सो पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्यसमितिलाई प्रदान गरेको छ भने गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ ।
यसैगरी प्रदेश र संघीय संसदको टिकट भने सम्बन्धित जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरे बमोजिम प्रदेश समितिको सिफारिसमा पार्टी केन्द्रले दिने तय भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी गराए ।
सोही अनुसार पार्टीले भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा माधव खत्री, राममणि न्यौपाने, वुद्धि कुमार प्यासी, बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का र शिबराज केसीको नाम सिफारिस गरेको उनले बताए ।
यसैगरी दाङ क्षेत्र नम्बर ३ ख मा भुपाल रावतको नाम सर्वसम्मत सिफारिस गरिएको छ भने बाग्लुङ–२ ‘ख’ मा गणेश कुँवर सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
यस्तै कास्की क्षेत्र नम्बर २ मा डा भिमसेन गुरुङ, रोम बहादुर भण्डारी, जयलाल पुन, कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण