प्रहरी आयुक्तको हत्या
शनिबार, १६ कात्तिक २०७६, १५ : २७
बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ । बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बुर्किनाफासोमा प्रहरीको यो हत्यासँगै यस देशमा पछिल्लो समयमा भएको हिंसाको अवस्था उजागर भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
उक्त देश आन्तरिक द्धन्द्धमा फसेको छ । केही समययता यहाँ जिहादीहरुले हिंसा मच्चाइरहेका छन् । उनीहरुले पछिल्लो समयमा सुरक्षाकर्मीहरुका साथै सर्वसाधारण नागरिकको पनि हत्या गर्ने गरेका छन् ।
उत्तरपश्चिमी बुर्किनाफासोको सबाना जिल्लामा रहेको प्रहरी कार्यालयमा करिब १५ जनाको संख्यामा आएका हतियारधारीले ती प्रहरी आयुक्तको हत्या गरेका समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण