चीनद्वारा बेल्ट एण्ड रोड कार्यक्रमसँग जोडिएका मुलुकहरूमा १० अर्ब लगानी
बेइजिङ-‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ ।
यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ प्रतिशतले कमी हो । यो लगानी चीनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हो । खासगरी सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा उत्त लगानी भएको मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ ।
वैदेशिक आयोजनाका हकमा यस बर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता गरेका छन् । यो लगानी रकम गत बर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले बढी हो ।
नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कुल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ ।
‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूसँग चीनको वैदेशिक कार्यक्रमका लागि करार भइ सम्पन्न भएका आयोजनाको कुल लगानी ५५ अर्ब ८९ करोड अमेरिकी डलर रहेको र यो गत बर्षको अक्टोबरसम्मको तुलनामा ४.४ प्रतिशतले कमी हो । करार भइ सम्पन्न भएका आयोजनाको कुल प्रतिशत ५४.७ प्रतिशत रहेको छ । सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण