सरकारले माग पूरा गर्न नसकेको वृद्धवृद्धाको आरोप
सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् ।
देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोखे।
“हामीले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा सङ्घर्ष ग¥यौँ, तर त्यसको परिणाम हामीले सोचेजस्तो भएन”, लम्सालले भने । आफ्ना सम्पूर्ण माग पूरा नभएसम्म सङ्घर्ष जारी राख्ने उनी बताउँछन् ।
नेपाल सरकारले वृद्धभत्तामा वृद्धि, सार्वजनिक यातायातमा छुट, स्वास्थ्योपचारमा छुटलगायतको नीति ल्याएको छ । तर कार्यान्वयनको पाटो भने फितलो रहेको लम्सालले दुखेसो पोखे । अग्रज सेवा नेपालको सङ्घर्षबाट केही उपलब्धीहरु प्राप्त भए पनि केही उपलब्धी अझै प्राप्त हुन बाँकी रहेको समाज नेपालका अर्का उपाध्यक्ष हरिप्रसाद भट्टराई बताउँछन् ।
“वृद्धवृद्धा भनेका उपत्यकाभित्र मात्र बस्ने होइनन्”, उनी थप्छन्, “अन्य ठाउँमा बस्ने वृद्धवृद्धाले पनि समान अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग हो ।” अग्रज समाज नेपालले समय–समयमा विभिन्न मन्त्रालयसँग वृद्धवृद्धाको हकहितका निम्ति अन्तरक्रिया राख्दै आएको छ । पाँच वर्षभित्रमा रु पाँच हजार वृद्धभत्ता पु¥याउने सरकारको प्रतिबद्धताअनुरुप अहिले रु दुई हजारबाट रु तीन हजार ३०० पुगिसकेको छ ।
स्वास्थ्योपचारका क्रममा काठमाडौँस्थित वीर अस्पतालबाट वृद्धवृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि देशभरका वृद्धवृद्धाले कुन–कुन अस्पतालबाट सुविधा पाउने भन्ने सरकारले मस्यौदामा उल्लेख नगरेको समाजका अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।
सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायत अन्य विविध क्षेत्रमा छुटको व्यवस्थासमेत सरकारले देशव्यापीरूपमा कार्यान्वयनमा ल्याउन नसक्नु लज्जास्पद रहेको उनको ठहर छ । उनी भन्छन्, “सरकारले हाम्रो कुरा सुन्नै चाहेन ।” सरकारले नीति ल्याए पनि कार्यान्वयनको पाटो फितलो रहेको उनको ठहर छ ।
समाजले आफ्नो माग सुनुवाइ नभए थप सङ्घर्ष गर्ने तयारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण