शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं जिल्ला अदालतमा महरासँग थुनछेक बहस सुरु

आइतबार, १७ कात्तिक २०७६, १२ : ५८
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । 

काठमाडौं जिल्ला अदालतमा आइतबार बिहान ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो । गत शुक्रबार उनीलाई न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप