प्रधानमन्त्री ओली एक्सरे गरेर फर्के, बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
आइतबार, १७ कात्तिक २०७६, १३ : २६
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।
यसअघि प्रधानमन्त्रीको धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गर्न बालुवाटारबाट प्रधानमन्त्री निस्किएको बताइएपनि उनी ग्राण्डी नगएर त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएका थिए ।
त्यहाँ प्रधानमन्त्रीको एक्सरे गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले त्रिवि शिक्षण अस्पतालमा एक्सरे गरेर प्रधानमन्त्री बालुवाटार फर्केर मन्त्रिपरिषदको अध्यक्षता गरिरहेको जानकारी दिए ।
प्रम ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको बताइएको छ ।
मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको मुटुको पनि चेकजाँच गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण