टी-२० सिरिजको पहिलो खेलमा बंगलादेशले भारतलाई हरायो
एजेन्सी- बंगलादेशले भारतलाई तीन टी २० सिरिजको पहिलो खेलमा ७ विकेटले हराएको छ ।
भारत र बंगलादेश बीच दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । बंगलादेशले पहिलोपटक टी २० मा भारतलाई हराउन सफल भएको छ ।
दिल्लीको अरुण जेटली रंगशालामा भएको खेलमा इन्डियाले बंगलादेशलाई १४९ रनको लक्ष्य दिएको थियो। यो बंगलादेशको अन्तर्राष्ट्रिय टी २० प्रतियोगितामा भारतबिरूद्ध पहिलो विजय हो।
बंगलादेशले १९.३ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गरेको हो। बंगलादेशका लागि मुशफिकुर रहीमले सर्वाधिक ६० र सौम्य सरकारले ३९ रन बनाए । सरकारले रहिमसँग तेस्रो विकेटको लागि ६० रनको साझेदारीमा प्रहार गरेका थिए । दीपक चहारको बलमा लिटन दासले ७ रन बनाए भने डेब्यू खेलमा मोहम्मद नईमले २६ रन बनाए ।
-भारतले २० ओभरमा ६ विकेटसहित १४८ रन बनायो भने बंगलादेशले १९.३ ओभरमा १५४ रन बनायो।
-यसअघि भारत र बंगलादेशले खेलेका ८ वटा टी २० मा भारतले जित हासिल गर्दै आएको थियो ।
-बंगलादेशका लागि मुशफिकुर रहीमले सर्वाधिक ६० र सौम्य सरकारले ३९ रन बनाए
-दुई टोलीबीच तीन टी २० को दोस्रो खेल नोभेम्बरमा राजकोटमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण