किसानलाई टेरेन उखु मिलले, विगत वर्षहरुमा बिक्री गरेको भुक्तानी समेत दिइएन
विगत वर्षहरूमा बिक्री गरेको उखुको रकम भुक्तानी नपाएपछि रौतहटका उखु उत्पादक किसान चिन्तित बन्दै गएका छन् ।
रौतहटको मध्यभाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले क्रसिङ सिजनमा खरिद गरेको उखुको भुक्तानी नदिएपछि जिल्लाका किसान चिन्तित बनेका हुन् ।
छठ पर्वपछि लगत्तै भुक्तानी नदिएमा उखु उत्पादक सङ्घ रौतहट र जिल्लाका सम्पूर्ण पीडित किसानले कडाभन्दा कडा आन्दोलन गर्ने जनाएका छन् । भुक्तानी समयमा नपाएको भन्दै केही दिन अघि उखु उत्पादक सङ्घका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । प्रजिअ थापाले किसानको बक्यौता रकम भुक्तानीका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
भुक्तानीका लागि पटक/पटक वार्ता र ताकेता गर्दा पनि मिल्स प्रशासनले चासो नदेखाएको उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले बताए । उनका अनुसार उखुको मूल्य निर्धारणदेखि भुक्तानी लिनसम्म आन्दोलन नै गर्नुपर्ने भएपछि जिल्लाका उखु किसान उखु खेतीबाट निराश बनेका छन् । उखु खेतीतर्फको आकर्षण घटेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण