बैतडीका ७२ वडा सचिवविहीन
बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् ।
ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ वडा सचिवविहीन रहेका नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।
यस्तै डिलाशैनी गाउँपालिका–७ वडामध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए। दोगडाकेदार गाउँपालिका–८ वडामध्ये दुई वडामा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।
यस्तै पुरचौंडी नगरपालिकाका–१० वडामध्ये एक वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताए ।
सुर्नया गाउँपालिकाका आठ वडामध्ये एक वडामा पनि सचिव नरहेका गाउँपालिकाका नायब सुब्बा धनबहादुर चन्दले जानकारी दिए । यस्तै जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये चार वटामा मात्रै सचिव रहेका बताइएको छ ।
वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको स्थानीयले बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आशा गरेका नागरिक निरास हुन थालेका छन् ।
कर्मचारीको अभावमा वडामा सेवा नपाउँदा उनीहरू खिन्न भएका हुन् । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण