प्रदेश प्रमुखहरू पदमुक्त गर्नु अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण : साझा पार्टी
काठमाडौँ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ।
पार्टीले सरकारको पछिल्लो कदमलाई अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण भएको टिप्पणी समेत गरेको छ ।
‘पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली काँग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो,’ पार्टी प्रवक्ता डा। सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर(राजनीतिक कदम भएको पार्टीको जिकिर छ। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन नसक्ने पार्टीको ठहर छ।
‘दुई–तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय ह,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण