इन्द्रावती–८ मा नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो
सिन्धुपाल्चोक– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मङ्सिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएका छन् । यसअघि निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ ।
नेकपाले केदारनाथ आचार्य र काङ्ग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गाउँपालिकास्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्यसमितिलाई बुझाइएको छ । उक्त वडामा नेकपा र काङ्ग्रेसबीच नै प्रतिस्पर्धा हुने आँकलन छ । उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन् ।
यसअघि सो वडामा काङ्ग्रेस विजयी भएको थियो । निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन ३६४ मत ल्याएका थिए । निकटत्म प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले २२१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए । श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए । उनै आचार्यलाई अहिले पनि उम्मेदवारमा अघि सारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण