जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जनाको मृत्यु
बझाङ । निर्माणाधीन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदूर मृत फेला परेका छन् । आइतवार दिउँसोदेखि सुरुङमा फसेका उनीहरु सोमबार दिँउँसो मृत फेला परेका हुन् ।
सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुरशाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद तथा बझाङ बुङ्गल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।
उनीहरु सबैको अक्सिजनको कमीका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताए ।
मजदूर फसेको जानकारीलगत्रै नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसके पछि सोमबार काठमाडौँबाट थप उद्धार टोली मगाइएको थियो । सोमबार दिउँसो हेलिकप्टर मार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको हो ।
कालंगागाडको दाडिमगाड भन्ने ठाउँमा रहेको ७५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको यो सुरुङ्ग १ हजार ६ सय मिटर लामो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण