ट्वींकल अक्षय कुमारको हाउसफुल–४ कुनै पनि हालतमा हेर्न चाहन्नन्, आखिर किन ?
अक्षय कुमारको मुख्य भूमिका रहेको मल्टी स्टारर फिल्म हाउसफुल–४ दिपावलीको मौकामा रिलिज भएको थियो । फिल्मको कमाईको कुरा गर्ने हो भने यसले सय करोडको आँकडा पार गरेको छ । कमाई अनुसार हेर्ने हो भने अक्षयको फिल्मलाई व्यावसायिक रुपमा हिट फिल्म भन्न सकिन्छ ।
अर्थात् मानिसहरुलाई यो फिल्म मन परिरहेको छ ।
तर बलिउड अभिनेत्री र अक्षय कुमारकी श्रीमती ट्वींकल खन्नाले यो फिल्म कुनै पनि हालतमा हेर्न नचाहेको अक्षयले जानकारी दिएका छन् ।
बीबीसी हिन्दीसँगको कुराकानीमा अक्षयले ट्वींकलले यो फिल्म कुनै पनि स्थितीमा नहेर्ने आफूलाई बताइसकेको जानकारी दिए ।
उनका अनुसार ट्वींकललाई यस्तो प्रकारको कमेडी फिल्म मनै पर्दैन । उनले भने, उनी यस प्रकारको फिल्मबाट टाढै बस्छिन् ।’
अक्षयले थपे, ‘ट्वींकलले स्पष्ट रुपमा मलाई यो फिल्म नहेर्ने बताइसकेकी छिन् ।’
फिल्मको कमाईको विषयमा विवादः
अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म हाउसफूल ४ ले एक हप्तामा करिब १३७ करोड भारु कमाइसकेको छ । तर सुरुमै मोटो कमाई देखाएको भन्दै फिल्म विवादमा फसेको थियो ।
यो आरोपलाई ठाडै अस्विकार गर्दै अक्षय कुमार भन्छन्, ‘हाउसफुल ४ का निर्माता फक्स डिज्नी हो र यो कुनै सानोतिनो कम्पनी होइन । यो फिल्मले करोडौं डलरको फिल्म बनाउँछ र उनका लागि हाउसफुल ४ कुनै ठूलो फिल्म त होइन जुन उनीहरुले पाँच करोडका लागि झुटो बोल्नेछन् ।’
तर के यस्ता कुराले विश्वसनीयता कम हुन्छ ?
अक्षय भन्छन्, ‘यस्तो कुनै पनि हालतमा हुँदैन । यस्ता खालका नकारात्मकतालृे ममाथि केही असर गर्दैन ।’
नयाँ पीढिका लागि बेन्चमार्क बन्ने शौख छैनः
कफी विद करणको एक एपिसोडमा रणवीर सिंह अक्षय कुमारसँगै आएका थिए । जहाँ रणवीरले अक्षय उनका लागि आइडल भएको बताएका थिए । तर रणवीर सिंह मात्रै होइनन् नयाँ पीढिका थुप्रै कलाकारले अक्षयलाई आफ्नो आदर्श मान्छन् तर अक्षय आफू भने कसैका लागि पनि बेन्चमार्क बन्न चाहँदैनन् ।
उनी भन्छन्, ‘म नयाँ कलाकारहरुलाई केही पनि सल्लाह दिन चाहन्नँ । उनीहरु निकै निपुण छन् । मलाई कसैका लागि बेन्चमार्क बन्नु छैन । मलाई त उनीहरुको बराबरमा आउनु छ ताकि म थप फिल्म खेल्न सकूँ ।’
साधारणतया यदि कुनै फिल्मको सिक्वल बन्छ भने त्यसमा त्यही कलाकार हुन्छन् जो मूल फिल्ममा हुन्छन् ।
अक्षयका थुप्रै फिल्मको सिक्वल बनिरहेको छ तर तीमध्ये धेरैमा अक्षय छैनन् ।
‘भूल भुलैया’ को सिक्वल आइरहेको छ जसमा कार्तिक आर्यन देखिनेछन् । गत वर्ष अक्षय कुमारको हिट फिल्म ‘नमस्ते लण्डन’ को सिक्वल ‘नमस्ते इंग्ल्याण्ड’ आएको थियो जसमा अर्जुन कपुर देखिए । यद्यपि, फिल्म नराम्रोसँग फ्लप भयो ।
आफ्नो हिट फिल्मको सिक्वलको हिस्सा बन्न नपाउँदा अक्षय अफसोस जताउँछन् । उनले भने, ‘म वेलकम ब्याक, नमस्ते इंगल्याण्डमा थिइनँ । म यसका लागि अफसोस मात्र जताउन सक्छु, कसैलाई जबरजस्ती गरे आफूलाई कास्ट त गर्न सक्दिनँ नि । हरेक फिल्मको भाग्य हुन्छ र मेरो भाग्यमा जुन फिल्म छ त्यो मैले कुनै पनि हालतमा पाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण