५ अर्ब २० करोडको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि आधामात्र
मङ्गलबार, १९ कात्तिक २०७६, ०७ : १९
पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
२०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै आधा बाँकी छ ।
२०७३ असार २९ गतेबाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको हो ।
यसपटक म्याद थपिएपनि निर्माण कम्पनीको कार्य सुस्त बनेपछि अझै तीन वर्षमा पनि आयोजना सम्पन्न हुने अवस्था देखिँदैन ।
६ लेनको उक्त मार्ग निर्माणमा सरकारी निकायको अनुगमन नै फितलो बनेपछि पथलैया–वीरगञ्ज व्यापारिक मार्ग यतिबेला अन्योलमा परेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण