महिला अधिकारीलाई अफिसभित्रै जिउँदै जलाइयो, तत्काल मृत्यु
भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या गरिएको छ । सोमबार दिउँसो भएको उक्त घटनामा महिला कर्मचारीको घटनास्थलमा नै मृत्यु भयो । उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घाइते भएका छन् । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । पुलिसले ती व्यक्ति हमलाकर्ता भएको शंका गरेको छ ।
इब्राहिमपटनमका विभागीय राजस्व अधिकारी अमरेन्दर कुमारले भने, ‘घटनाका बेला महिला अधिकारी विजया रेड्डी आफ्नो च्याम्बरमा एक्ली थिइन् । हमलाकर्ताले त्यति नै बेला उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिए । आगोले नराम्रोसँग जलेका कारण विजयाको मृत्यु भयो जबकी उनी जलिरहेको देखेर बचाउन पुगेका उनका कार चालक पनि घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
पुलिसले महिला अधिकारीलाई किन आगो लगाइयो भनेर अहिले स्पष्ट जानकारी नभएको बताएको छ । पुलिस अधिकारीका अनुसार आगो लागेका अर्का व्यक्तिलाई संदिग्ध मानिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ । पुलिसले भन्यो, ‘उनको स्थिती सुध्रिएपछि घटनाका आरोपी को हो भनेर स्पष्ट हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण