महिला अधिकारीलाई अफिसभित्रै जिउँदै जलाइयो, तत्काल मृत्यु
भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या गरिएको छ । सोमबार दिउँसो भएको उक्त घटनामा महिला कर्मचारीको घटनास्थलमा नै मृत्यु भयो । उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घाइते भएका छन् । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । पुलिसले ती व्यक्ति हमलाकर्ता भएको शंका गरेको छ ।
इब्राहिमपटनमका विभागीय राजस्व अधिकारी अमरेन्दर कुमारले भने, ‘घटनाका बेला महिला अधिकारी विजया रेड्डी आफ्नो च्याम्बरमा एक्ली थिइन् । हमलाकर्ताले त्यति नै बेला उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिए । आगोले नराम्रोसँग जलेका कारण विजयाको मृत्यु भयो जबकी उनी जलिरहेको देखेर बचाउन पुगेका उनका कार चालक पनि घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
पुलिसले महिला अधिकारीलाई किन आगो लगाइयो भनेर अहिले स्पष्ट जानकारी नभएको बताएको छ । पुलिस अधिकारीका अनुसार आगो लागेका अर्का व्यक्तिलाई संदिग्ध मानिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ । पुलिसले भन्यो, ‘उनको स्थिती सुध्रिएपछि घटनाका आरोपी को हो भनेर स्पष्ट हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन