घर लुटेपछि चोरले लिपिस्टिकले लेखे, ‘भाउजु निकै राम्री हुनुहुन्छ’
मङ्गलबार, १९ कात्तिक २०७६, ०९ : २७
१
छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।
घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरे । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।
चोरले लिपस्टिकले ड्रेसिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरे । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।’
चोरहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अस्तव्यस्त पारिदिएको बताइएको घटनास्थलका फोटो हेरेर भन्न सकिन्छ । पीडितले पत्रकार नगर थानामा चोरीको मामला दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण