मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

घर लुटेपछि चोरले लिपिस्टिकले लेखे, ‘भाउजु निकै राम्री हुनुहुन्छ’

मङ्गलबार, १९ कात्तिक २०७६, ०९ : २७
मङ्गलबार, १९ कात्तिक २०७६

छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।

घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरे । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।

चोरले लिपस्टिकले ड्रेसिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरे । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।’

चोरहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अस्तव्यस्त पारिदिएको बताइएको घटनास्थलका फोटो हेरेर भन्न सकिन्छ ।  पीडितले पत्रकार नगर थानामा चोरीको मामला दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप