लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता २०१९ शनिबार
काठमाडौं– लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरीएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” आगामी शनिबार आयोजना गर्न गईरहेको छ ।
यो लक्ष्मी बैंकले २०१४ देखी गर्दै आएको बार्षिक प्रतियोगिताको छैटौं संस्करण हो जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ ।
यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।
पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ ।
यसबाहेक, १०औं होलमा होल(इन(वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण