लोकसेवा आयोगः सङ्घमा दर्खास्त दिनेको सङ्ख्या ह्वात्तै घट्यो
काठमाडौं– लोक सेवा आयोगमा सङ्घतर्फ गत आर्थिक वर्षको तुलनामा आवमा २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गत आवको तुलनामा आव २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।
आयोगमा कूल एक हजार १७४ पदका लागि कूल एक लाख ४३ हजार ८४० दर्खास्त परेका थिए । आव २०७४/७५ मा कूल तीन हजार २३८ पदका लागि पाँच लाख ६७ हजार ८५३ मा दर्खास्त परेका थिए । आव २०७४/७५ मा पनि आव २०७३/७४ मा भन्दा ३३ प्रतिशत कम दर्खास्त परेको थियो । आव २०७४/७५ मा वन सेवाका विभिन्न श्रेणीविहीन पदका लागि विज्ञापन नभएका कारणले कूल दर्खास्त सङ्ख्यामा न्यून देखिएको हो ।
उनले कर्मचारी समायोजन प्रक्रियाका कारण सरकारबाट न्यून सङ्ख्यामा मात्र कर्मचारी पदपूर्तिका लागि माग भएकाले दर्खास्तमा कमी आएको बताए । कूल २५७ वटा मात्र विज्ञापन गरिएका थिए । सबैभन्दा बढी खरदार तहमा ६४ हजार ७३३ दर्खास्त परेको छ । खरदारपछि नायब सुब्बा र शाखा अधिकृत रहेका छन् ।
आयोगबाट सञ्चालित परीक्षामा सम्मेलित ६५ जना उम्मेदवारलाई विभिन्न किसिमका कारवाही गरिएको छ । स्थानीय तहमा भएको नौ हजार १६१ पदका लागि भने कूल पाँच लाख २८ हजार ९६८ दर्खास्त परेको आयोगका सहायक प्रवक्ता सुवेदीले जानकारी दिए ।
आयोगले आव २०७५/७६ मा कूल चार हजार ५७४ जना उम्मेदवारलाई स्थायीमा सिफारिस गरेको छ । त्यसमा एक हजार ४४८ अर्थात् ३२ प्रतिशत महिला र तीन हजार १२६ अर्थात् ६८ प्रतिशत पुरुष रहेका छन् ।
यसैगरी आयोगले २८ निकायका लागि तीन हजार ४६ विज्ञापनबाट २४ हजार ४७२ पदपूर्तिका लागि विज्ञापन गर्ने सहमति प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका विज्ञापनमा कूल तीन लाख ३८ हजार ३९१ दर्खास्त परेका थिए ।
दर्खास्त परेकामध्ये एक लाख ९८ हजार ६८२ जना परीक्षामा सम्मेलित भएका थिए । तीमध्ये ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन् । आयोगले आव २०७५/७६ मा सुरक्षा निकाय र सङ्गठित संस्थामा ६५९ वटा विज्ञापनका लिखित नतिजा प्रकाशन गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बढी दर्खास्त प्रदेश नं २
यसैगरी सबभन्दा बढी दर्खास्त दिनेका प्रदेश नं २ का रहेका छन् । उम्मेदवारको स्थायी ठेगानाका आधारमा प्रदेश नं २ बाट कूल दर्खास्तको २९ प्रतिशत पर्ने गरेका छन् । सबैभन्दा बढी दर्खास्त दिनेमा सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहा जिल्ला रहेका छन् ।
यस्तै कम दर्खास्त पर्नेमा मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी पश्चिम र डोल्पा जिल्ला रहेका छन् । प्रतिवेदनमा सबभन्दा बढी दर्खास्त उमेर समूह २१–२५ वर्ष रहेको छ । ती उमेर समूहका ३५ प्रतिशत रहेका छन् । दर्खास्त दिने औषत उमेर २६ वर्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण