फिल्म ‘पानीपत’को ट्रेलर रिलिज
मुम्बई । अर्जुन कपुर, सञ्जय दत्त र कृति सेनको अभिनय रहेको फिल्म ‘पानीपत’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक हुने बित्तिकै ट्रेलर सामाजिक संजालमा टप लिष्टमा पुगेको छ । ट्रेलर हेरेर सामाजिक सञ्जालमा तारिफ गर्ने र मजाक गर्ने समेत देखिएका छन् । केहीले पानीपतको ट्रेलर आफूलाई सञ्जयलिला भन्सालीको फिल्म पद्मावत र बाजीराव मस्तानीको जस्तो लागेको प्रतिक्रिया दिएका छन् ।
‘डाइलग, गेटअप र सिन पनि बाजीराव मस्तानी जस्तो छ’ ट्रेलरको मजाक उडाउँदै एक फ्यानले लेखेका छन् ‘पानीपतमा संजय दत्त पद्मावतका सिलजी (रणवीर सिंह) जस्तै बनेका छन् । म दाेधारमा परे, के पानीपत र पद्मावत एउटै फिल्म हो र ?’
आशुतोष गोवारिकरको निर्देशन रहेको फिल्मको ट्रेलरमा एक्सन देख्न पाइन्छ । ट्रेलरमा अर्जुन र कृतिको केमेस्ट्री अटाएको छ । ट्रेलरमा सञ्जय दत्त खतरनाक अवतारमा देखिएका छन् । अर्जुनले फिल्ममा सदाशिव राव भाऊको भूमिका छ । सञ्जय दत्त अहमद शाह अब्दालीको भूमिकामा र कृतिले मराठा महारानीको भूमिका निर्वाह गरेकी छन् ।
फिल्म पानीपतको तेस्रो लडाईंमा आधारित छ । जुन अब्दाली र मराठाबीच १४ जनवरी १७६१ मा लडिएको थियो । यसलाई १८ औं शताब्दीको सबैभन्दा महत्वपूर्ण लडाईमध्ये एक मानिन्छ । ६ डिसेम्बरमा रिलिज हुन लागेको यो फिल्ममा मोहनीश बहल र जीनत अमानको पनि मुख्य भूमिका छ । छायाँकनको समयदेखिनै चर्चामा रहेको फिल्मले राम्रो कमाउने अनुमान गरिएको छ ।
ट्रेलर सार्वजनिक भएपछि सामाजिक संजालमा हुन थालेका नकारात्मक टिप्पणीले फिल्मको ब्यवसायलाई केही हदसम्म असर भने पर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण