बक्सिङमा जेनिश र सुष्मा उत्कृष्ट
काठमाडौं– पुरुषमा पोखराका जेनिश गुरुङ र महिलामा नक्सालकी सुष्मा तामाङ प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा बुधबार पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मलिक, ५६ केजीमा पोखराका जेनिश गुरुङले पाल्पाका ज्ञानेन्द्र कमामु, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवार, ६४ केजीमा कैलालीका सम्राट चौधरीले झापाका तोविन प्रधान, ६९ केजीमा कास्कीका निरज थापाले बक्समान्डुका मनीष भुजेल र ७५ केजीमा मकवानपुरका निश्चल विष्टले नक्सालका सम्पन्न तण्डुकारलाई फाइनलमा पराजित गरी स्वर्ण जिते ।
प्रतियोगिताको महिला ४६–४८ केजीमा नक्सालकी सुष्मा तामाङले बीएफसीकी रमिशा श्रेष्ठ, ४८–५२ केजीमा झापाकी नरिका राईले दमककी अनिशा कुमाल, ५१–५४ केजीमा एपीएफकी सन्जुमाया थिङले बीएफसीकी सुमिना खड्का, ५४–५७ केजीमा झापाकी सुस्मिता राईले नक्सालकी मुस्कान डंगोल, ५७–६० केजीमा बक्समान्डुकी डेछेन शेर्पाले पोखराकी अस्मिता बस्नेत तथा ६०–६४ केजीमा झापाकी तृषना जबेगुले बक्समान्डुकी हेमा राईलाई हराउँदै पहिलो भए । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा पोखरा तथा महिलामा झापा टिम च्याम्पियन बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण