रोनाल्डोको युभेन्ट्स नकआउट चरणमा
क्रिस्टियानो रोनाल्डो प्रेरित इटालियन महारथि युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह ‘डी’ को खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ गोलले हराउँदै युभेन्ट्स नकआउट चरणमा पुगेको हो । युभेन्ट्सको जितमा डगलस कोस्टा नायक बने । उनले इन्जुरी समयमा गोल गर्दै युभेन्ट्सलाई जिताएका थिए ।
यसअघि युभेन्ट्सले खेलको चौथो मिनेटमै एरोन राम्सेको गोलबाट सुरुवाती अग्रता लिएको थियो । राम्सेले रोनाल्डोको फ्रिकिक पासमा गोल गरेका थिए । १२औं मिनेटमा मस्कोका अलेक्सी मिरान्चुकले गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्जुरी समयमा डगलस कोस्टाले गोल गर्दै युभेन्ट्सको जित पक्का बनाए । जितसँगै युभेन्ट्सले चार खेलबाट १० अंक बनाएको छ । युभेन्ट्स शीर्ष स्थानमा छ । तीन अंक बनाएको मस्को अन्तिममा छ ।
यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड जर्मन क्लब बायर लिभरकुसेनसँग २–१ गोलले पराजित भएको छ । लिभरकुसेनले एट्लेटिकोका थोमसको आत्मघाती गोलबाट ४१औं मिनेटमा अग्रता लिएको थियो । ५५औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै लिभरकुसेनको अग्रता दोब्बर बनाए । त्यसपछि एट्लेटिकोका अल्भरो मोराटाले दोस्रो हाफको इन्जुरी समयमा एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । हारसँगै सात अंक बनाएको एट्लेटिको दोस्रो स्थानमा छ । तीन अंक बनाएको लिभरकुसेन तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ
-
हिरामन्डी : चर्चामा अदितिको ‘गजगामिनी चाल’
-
संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले फेरि माग्यो समय