नेपाल राष्ट्र बैंकले साढे एक अर्ब बढी लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले साढे एक अर्ब भन्दा बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा सो लगानी गर्न लागेको हो । एक बर्षे मुद्दती निक्षेपमा राखिने सो रकमको ब्याज भुक्तानी त्रैमासिक हुने गरी राखिने केन्द्रीय बैंकले जनाएको छ ।
मंसिर १ देखि २०७७ कात्तिक ३० गतेसम्मका लागि राखिने मुद्दती निक्षेपका लागि यही कात्तिक २२ गतेसम्म शिलबन्दी फारम भरी नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।
केन्द्रीय बैंकले क वर्गको बाणिज्य बैंकमा १ अर्ब ३१ करोड १६ लाख, ख बर्गको विकास बैंकमा २४ करोड ५९ लाख ग वर्गको फाइनान्स कम्पनीमा ८ करोड १९ लाख गरी १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
यो मुद्दती निक्षेपका लागि विभिन्न ११ वटा शर्त पुरा गर्नुपर्नेछ । यो निक्षेप लिने बैंक तथा वित्तिय संस्था सञ्चालन भएको कम्तीमा २ वर्ष पुगेको, न्यूनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति विदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण