सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्।
- मन्त्री मेहताले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
- उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने र घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन्।
मन्त्री मेहताले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारका सम्बन्धित निकायहरू घटनापछि निरन्तर समन्वयमा रहेको बताएकी छन्।
उनले सुरक्षा निकाय, जिल्ला प्रशासन तथा सरोकारवाला निकायसँग सहकार्य गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेको प्रभावकारी उपचार सुनिश्चित गर्न र प्रभावित नागरिकको सुरक्षा गर्न आवश्यक पहल भइरहेको उल्लेख गरेकी छन्।
उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउने र पीडितले न्याय पाउने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
मन्त्री मेहताले संवेदनशील अवस्थामा नागरिकलाई संयमता अपनाउन, अपुष्ट सूचना तथा अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव खलल पार्ने गतिविधिबाट टाढा रहन आग्रह गरेकी छन्।
उनले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको विश्वास दिलाएकी छन्।
'यो कठिन घडीमा सबै पक्षले धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुँदै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोग गर्नुहुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु,' मन्त्री मेहताले भनिन् । उनले जनताको सुरक्षा, न्याय र शान्तिका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण