उपनिर्वाचन २०७६ः मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
मोरङ– आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । उक्त कार्यालयले यही कात्तिक २७ गते मनोनयन पत्र दर्ताका लागि आह्वान गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए ।
उक्त निर्वाचनमा वडाका एक हजार ९२७ महिलासहित चार हजार ७४ मतदाताले आफ्नो जनप्रतिनिधि चुन्ने छन् । वडाध्यक्ष तत्कालीन नेकपा (एमाले) तर्फबाट विजयी बलिराम भगतको २०७५ जेठ २४ गते मृत्यु भएकाले सो स्थानका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार, तेस्रो लिङ्गी दुई गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण