बलिउडमा महानायक अमिताभको पहिलो फिल्ममा थियो यति पारिश्रमिक
मुम्बई– बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चनको फिल्मी करियर ५० बर्ष पुरा भएको छ । ७ नोभेम्बर १९६९मा प्रदर्शित फिल्म ‘सात हिन्दुस्तानी’ बाट उनको करियर सुरु भएको थियो । जुन अहिले पनि जारी छ । ख्वाजा अहमद अब्बासको लेखन, निर्माण र निर्देशन रहेको यो फिल्ममा गोवालाई पुर्तगाली शासकबाट मुक्त गराउन सात हिन्दुस्तानीले गरेको संघष बिषय बनाइएको थियो ।
फिल्ममा उत्पल दत्त, मधु, एके हंगलका साथमा अमिताभले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा टीनु आनन्दको कविको भूमिका थियो भने अमिताभ उनको साथीको रुपमा छानिएका थिए । तर टीनुले फिल्म छोडेपछि अमिताभले कविको भूमिका निर्वाह गरे ।
‘सात हिन्दुस्तानी’ बाट अभिनय करियर सुरु गरेका अभिताभले पहिलो फिल्ममा कति परिश्रमिक लिएका थिए ? यो कमैलाई मात्र थाहा भएको विषय हो । यो फिल्मका लागि अमिताभले जम्मा ५ हजार पाएका थिए । सो समयमा यो फिस अभिनेताका लागि कमै थियो । तर पनि अमिताभले फिल्म अभिनय गरे ।
‘सात हिन्दुस्तानी’ ले व्यवसायिक रुपमा कुनै कमाल देखाउन पनि सकेन । तर ‘सात हिन्दुस्तानी’ पछि अभिनय क्षेत्रमा उनले पछि फर्किएर हेर्नुपरेन । यो फिल्म पछि उनले कयौं फिल्म दिए । शोले, दीवार, जन्जीर, हम, सिलसिला, कुली, सत्ते पे सत्ता, चुपके चुपके, कभी कभी, पा, चीनी कम लगायत बलिउडमा उनले थुप्रै हिट फिल्म दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण