एटीएम ह्याक प्रकरणः ६ चिनियाँ र ३ नेपाली पुर्पक्षका लागि जेल चलान
काठमाडौँ । एटीएम ह्याक प्रकरणमा पक्राउ गरेका ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरु जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरिएकोमा धरौटी बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका हुन् ।
अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख धरौटी माग गरेको थियो । चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा पक्राउ गरेको थियो ।
राजधानीको दरबारमार्गमा बैंकको एटीएम ह्याक गरी रकम चोरी गरिरहेको अवस्थामा चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई प्रहरीले भदौ १५ गते रंगेहात पक्राउ गरेको थियो ।
उनीहरुले नविल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेका थिए । प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजार भन्दा बढी अमेरिकन डलर बरामद गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीको कमाण्डमा गएको टोलीले बैङ्कको अर्बौं रकम जोगाउन सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण