एटीएम ह्याक प्रकरणः ६ चिनियाँ र ३ नेपाली पुर्पक्षका लागि जेल चलान
काठमाडौँ । एटीएम ह्याक प्रकरणमा पक्राउ गरेका ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरु जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरिएकोमा धरौटी बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका हुन् ।
अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख धरौटी माग गरेको थियो । चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा पक्राउ गरेको थियो ।
राजधानीको दरबारमार्गमा बैंकको एटीएम ह्याक गरी रकम चोरी गरिरहेको अवस्थामा चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई प्रहरीले भदौ १५ गते रंगेहात पक्राउ गरेको थियो ।
उनीहरुले नविल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेका थिए । प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजार भन्दा बढी अमेरिकन डलर बरामद गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीको कमाण्डमा गएको टोलीले बैङ्कको अर्बौं रकम जोगाउन सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरहान्त, अमिर, बिपना र स्वस्थानी राष्ट्रिय र्याङ्किङ स्क्वासको फाइनलमा
-
शर्मा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय
-
वस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस
-
मिल्स कप क्रिकेट : भारतीय क्लबलाई हराउँदै विराटनगरको एनबीएससी सेमिफाइनलमा
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
काठमाडौँमा बरामद कोकिनको मूल्य ७ करोड ९६ लाख