नेपालको भूमि अतिक्रमण हुँदा प्रधानमन्त्री ओलीको मौनता रहस्यमय : एनपी साउद
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
काँग्रेस नेता साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौनता रहस्यमय रहेको बताए । उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिनुले सरकार गम्भीर नदेखिएको तर्क पनि गरे ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता साउदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टीले पहल गरिरहेको बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धि सबै समस्या समाधानका लागि कुटिल कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
विगतका सरकारहरुले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उनले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्नुपर्ने आवश्यत पनि औँल्याए ।
अध्यक्ष राणाले नेपाल – भारत सीमा सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?