भारतले नेपाली भूमि नक्सामा समेटिएपछि बुटवलमा पनि विरोध प्रदर्शन
बुटवल – भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई समेटिएकोमा विरोध प्रदर्शन भएको छ । शुक्रबार नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल रुपन्देही र राष्ट्रिय जनमोर्चाले छुटा–छुट्टै समयमा विरोध प्रदर्शन गरेका हुन् ।
बुटवलको अस्पताललाइनबाट सुरु भएको तरुण दल रुपन्देहीको जुलुस ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध जुलुसपछि आयोजित कोणसभामा तरुण दल रुपन्देहीका अध्यक्ष सोम गुरुङ्गले राष्ट्रवादीको खोक्रो नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार भारतले नेपाली भूमी मिच्दा समेत चुप लागेर बसेको भन्दै सीमा विवाद समाधानका लागि तत्काल कुटनीतिक पहल गर्न माग गरे ।

यस्तै राष्ट्रिय जनमोर्चाले पनि बुटवलमा विरोध सभा गरेको छ । विरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष ओमबहादुर केसीले राष्ट्रिय जनमोर्चाले विदेशी हस्तक्षेपको निरन्तर विरोध गर्दै आएको बताए ।
सीमा मिचिदा सवै शक्तिहरु एक हुनुपर्नेमा उनले जोड दिए । भारतीय नक्साको विरोधमा विहीबार साझ नेपाल विद्यार्थी संघले बुटवलमा मसाल जुलुस प्रदर्शन गरेको थियो ।यस्तै गोर्खालि युवा अभियानले पनि बिरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण