कास्की उपनिर्वचन : काङ्ग्रेसको तीन हजार ५ सय ५१ सदस्यीय चुनाव प्रचार समिति
पोखरा । नेपाली काङ्ग्रेस कास्कीले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५ सय ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।
निर्वाचन तयारी सम्बन्धमा पार्टीको कास्की क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा शुक्रबार आयोजित भेलाले पार्टीका जिल्ला सभापति कृष्ण केसी संयोजकत्वमा रहनेगरी समिति गठन गरेको हो ।
त्यस्तै क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला र पोखरा महानगर समिति सभापति बजीरमान श्रेष्ठ सहसंयोजक रहएका छन्। पार्टीले यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटा वडामध्ये वडा नं ४ मा नेता यज्ञबहादुर थापा, वडा नं ७ मा शुक्रराज शर्मा, ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण बिजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक तोकिएको छ ।
त्यस्तै वडा नं १७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकिएको छ ।
भेलाले २६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । विभिन्न उपसमितिमध्ये अर्थ सङ्कलनमा ऋषि सापकोटा, अनुगमनमा राजेन्द्रनिधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवी परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक रहेएका छन्।
त्यस्तै उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ, भ्रातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, बुथ परिचालनमा विजयराज आचार्यलाई संयोजकको जिम्मेवारी दिएको छ ।
भेलामा कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकले आ–आफ्नो क्षेत्रमा पुगी यथाशक्य काम थाल्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण