नीता अम्बानीको पहिलो प्रेम
नीता अम्बानी रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीकी श्रीमती हुन् । उनी अरबपति श्रीमानकी श्रीमती मात्र होइनन् उनी आफै सक्षम व्यवसायी पनि हुन् । उनी भारतकै सबैभन्दा धनी महिलाको सूचीमा पर्छिन् । साथै उनी धीरुभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयकी संस्थापक पनि हुन् ।
सन् १९६३ को नोबेम्बर महिनाको १ गते जन्मिएकी नीताको पहिलो पटक भरतनाट्यमसँग प्रेम बस्यो । उनकी आमा पूर्णिमा दलाल शास्त्रीय संगितमा पोख्त थिइन् । आमासँगै गुजराती परिवारमा हुर्किएकी नीतालाई पनि सानैदेखि संगितमा लगाव थियो र प्रेम पनि । उनी आज पनि आफ्नो पहिलो प्रेमको रुपमा भरतनाट्यमलाई मान्छिन् ।
त्यसपछि उनको जीवनमा मुकेश अम्बानीको आगमन भयो । फिल्मको कथाजस्तै उनीहरुको प्रेमकहानीले सन् १९८५ को मार्च महिनाको ८ गते विवाहको रुप पाएको थियो । पिता धिरुभाई अम्बानीको रोजाइमा परेकी नीतालाई मुकेश अम्बानीले बीचसडकमा नै प्रेम प्रस्ताव राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण