पूर्वराष्ट्रपति यादव र पूर्वप्रम नेपालको आरोप – चुरे संरक्षणमा सरकार गम्भीर भएन
जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल चुरे विनाश भइरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार चुरे संरक्षणमा गम्भीर नभएको आरोप लगाएका छन् ।
शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चुरे विनाश भइहेकै कारण देशभरी प्राकृति विपत्ति, मरुभूमिकरण बढिरहेको बताए ।
उनले राज्यस्तरबाट यसको संरक्षणमा ध्यान पुर्याउन नसकिएकाकै कारण चुरेको विनाश दिनानुदिन बढ्दै गइरहेको बताए ।
चुरेको विनाश हुने गरी निर्माण भइरहेको मदन भण्डारी राजमार्ग र बाराको निजगढ विमानस्थलको काम समेत रोक्नुपर्ने उनको भनाइ छ ।
पूर्वराष्ट्रपति यादवले रेल्वे लाइनको विस्तार पनि अध्ययन बिना गर्न नहुने बताए ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधव कुमार नेपालले चुरेसँग मधेशको भाग्य, सिंगो मुलुकको भविष्य जोडिएकोले यसको संरक्षणका लागि राज्यले पहल गर्नु पर्ने बताए ।
उनले बाराको निजगढस्थित अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि तोकिएको स्थल परिवर्तन गरी सो स्थलभन्दा ३ किलोमिटर तल लग्नु पर्ने धारणा राखे ।
नेपालले चुरे संरक्षणप्रति राज्य अहिलेसम्म गम्भीर हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरे ।
सिंगो चुरे क्षेत्र नेपालको अर्थतन्त्र माथि उकास्न महत्वपूर्ण रहेकोले चुरेको संरक्षणका लागि सम्पूर्ण क्षेत्रलाई जिम्मेबार हुन समेत पूर्वप्रधानमन्त्री नेपालले आग्रह गरे ।
नेपाल साहित्य उत्सवले आयोजन गरेको दोश्रो दिनको कार्यक्रममा यादव र पुनेपालले चुरे क्षेत्रबारे आआफ्ना विचार व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण