नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु
नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए नभएको जाँच थालिएको निगमले जनाएको छ ।
आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगलमे गत वैशाखमा सातै प्रदेशमा नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो ।
जसमा एक हजार २५ आवेदन परेको निगमले जनाएको छ । प्रमुख सहरहरूभन्दा पनि विकासोन्मुख सहरहरूमा पम्प सञ्चालनका लागि आवेदन परेको निगमले जनाएको छ ।
प्रवक्ता गोइतका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा २२ वटा मात्र परेका छन् । त्यस्तै प्रदेश १ मा १८९, प्रदेश ३ मा १३१, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा दुई सय र सुदुरपश्चिम प्रदेशमा ५६ वटा आवेदन परेका छन् ।
जिल्लाहरूमा सहरीकरणका साथै सडक विस्तार तीव्र भएको तर पम्पहरूको असुविधा रहेकाले नयाँ पम्प सञ्चालनका लागि आवेदन खुलाएको थियो । हुलाकी सडकहरूका लागि पम्प सञ्चालन गर्न प्राथमिकता दिइने गोइतको भनाइ छ । उनले भने, खुला बजार अर्थतन्त्रको नीतिअनुसार मापदण्ड पुगेका सबै निवेदकले इजाजत पाउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण