मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित
एजेन्सी । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हरायो ।
बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल गरेका थिए । मेस्सीले फ्रिकिकमा दुई तथा पेनाल्टीमा एक गाल गरेका थिए । सेल्टा भिगोका लुकास ओलाजाले एक गोल फर्काए ।
खेलमा २३औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । जुनियर फिर्पाेले क्रस गरेको बललाई जासेफ आइडोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई मेस्सीले सही सदुपयोग गरे ।
४२औँ मिनेटमा सेल्टा भिगोका ओलाजाले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि मेस्सीले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमा सुन्दर गोल गरे । ४८औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गरेका थिए । मेस्सीले तेस्रो गोल पनि फ्रिकिकमै गरे । ८५औँ मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए ।
जितसँगै बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोनाले १२ खेलबाट २५ अंक बनाएको छ ।
समान २५ अंक बनाएको रियाल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा छ । ९ अंक बनाएको सेल्टा भिगो १८औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण