सीमा विवाद वार्तामार्फत समाधन गर्नपर्छ: नेतृ संग्रौला
बुटवल– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले भारतीय हस्तक्षेपबारे तत्काल वार्तामार्फत समाधान गनुपर्ने बताएकी छन् । बुटवलमा रिपोटर्स क्लब प्रदेश ५ को साक्षात्कारमा बोल्दै सांसद समेत रहेकी नेतृ संग्रौलाले नेपालको सिमा रक्षाका लागि सबै दल एक ठाउँमा उभिन जरुरी रहेको बताइन् । अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन, स्वयम् प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री बीच वान टू वान वार्ता हुनुपर्छ’ उनले भनिन् ।
एक फरक प्रसङ्गमा उनले नेपालको राजनीतिक नया चिराबाट जानुपर्ने आवश्यकता औल्याइन् । सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर गलत नजिर बसेको उल्लेख गर्दै उनले संविधान लागू गर्ने कुरालाई राजनीतिक प्रतिशोध बनाउन नहुने बताइन् ।
पछिल्लो समय महिलाहरुमाथि बलात्कार तथा हत्याका घटनाहरु बढ्दै गएको बताउँदै उनले निर्मला बलात्कार तथा हत्याकाण्ड अहिलेसम्म पत्ता लाग्न नसक्नु त्यसको उदाहरण भएको उल्लेख गरिन् । नेकपाकीे केन्द्रीय सदस्य सिता पौडेलले भारतले नेपालको नालापानी र कालापानी आफ्नो नक्सामा राख्दा सिमा विवाद थप पेचिलो भएको उल्लेख गर्दै यो समस्या पहिलेदेखि नै रहेको उल्लेख गरिन् ।
नेपालका अन्य ठाउँहरुमा पनि भारतले नेपालको सीमा मिचेको उल्लेख गर्दै उनले सीमा सुरक्षाका लागि सरकारले हिजो मात्रै सर्वदलीय बैठक बोलाएर छलफल गर्नु सकारात्मक काम भएको बताइन् । भारतले आफ्नो डिजिटल नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेपछि चर्को विरोध भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण