सिटीलाई हराउँदै लिभरपुललाई आठ अंकको अग्रता
लिभरपुलले साबिक विजेता म्यान्चेस्टर सिटीलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।
३–१ को जीतसँगै लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्ने आशालाई बलियो बनाएको हो ।
एनफिल्डमा भएको खेलको छैटौँ मिनेटमा फाबिन्होको गोलको मद्दतले लिभरपुलले अग्रता लिएको थियो । खेलको १३ औँ मिनेटमा मोहमह शलाहले लिभरपुलको अग्रता दोब्बर बनाए ।
यसबीच सिटीले लिभरपुलमाथि दबाब बनाए पनि कुनै गोल गर्न सकेन ।
दोस्रो हाफको शुरुवातमा नै साडियो मानले अर्को गोल थपे । मानेको सन् २०१९ मा एन्फिल्डमा १६ औँ गोल थियो ।
खेलको ७८ औँ मिनेटमा सिटीका लागि बर्नार्डो सिल्भाले गोल गरे पनि उक्त गोल सान्तवना गोलमात्र रह्यो ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको योर्गन क्लपबिरुद्ध सबै प्रतियोगितामा आठौँ हार थियो । अन्य म्यानेजरको तुलनामा उनले क्लपसँग सबैभन्दा बढी हार बेहोरेका छन् । त्यस्तै, एनफिल्डमा उनले सर्वाधिक चारपटक पराजित भएका छन् ।
जीतपछि लिभरपुलको १२ खेलबाट ३४ अंक रहेको छ भने सिटी २५ अंकमा सिमित हुँदै लिगको चौथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण