सोलुखुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको मृत्यु
सोमबार, २५ कात्तिक २०७६, १४ : १९
सोलुखुम्बु– नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नाम्चेका अनुसार कात्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको चो यु भ्यु लज एन्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षीय फ्रान्सेली नागरिकको मृत्यु भएको हो ।
मार्रोन गेटान लुइस नाम गरेका उनको लेक लागेर बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आवश्यक कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण