सीमा रक्षा गर्ने सवालमा कमजोरी भयो : झलनाथ खनाल
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले देशको सीमा रक्षा गर्ने सवालमा कमी कमजोरी भएको स्वीकार गरेका छन् ।
नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफ्नो सीमा रक्षा गर्न नसकेकै कारण अर्को पक्षबाट अतिक्रमण भएको बताए ।
विभिन्न तथ्यले महाकाली नदीको शिर लिम्पियाधुरा नै रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै खनालले विवादित क्षेत्रमा महाकाली नदी नै सीमा रहेको बताए ।
भारतले प्रकाशित गरेको नयाँ नक्साले एकाएक तरंग पैदा गरेको भन्दै उनले सबै दल सीमा जोगाउनका लागि एकमत रहेको बताए । सीमा सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।
यस्तै, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले वर्तमान सरकारसामु देशको सीमा समस्या सुल्झाउनु पर्ने चुनौती रहेको बताएका छन् ।
सीमा समस्या समाधानका लागि पहिलो प्राथमिकता कुटनीतिक प्रयासलाई दिनुपर्ने उनको भनाइ छ । ‘फौजी ढंगले समाधान हुँदैन,’ उनले भने, ‘कुटनीतिक प्रयासलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’
भारतसँगको सीमा विवाद प्रधानमन्त्रीस्तरमा छलफल गरेर टुंग्याउनुपर्ने सुझाव उनले दिए । ‘यतिले भएन भने अन्तर्राष्ट्रिय स्तरमा जान सकिन्छ,’ उनले भने । आवश्यक परे करोडौं जनताको साथमा सशक्त आन्दोलन गर्न पनि पछि हट्न नहुने उनले बताए ।
राष्ट्रको सीमा रक्षाका लागि आन्दोलन गर्नेलाई सरकारले समेत गिरफ्तार गर्न थालेकोमा उनले आपत्ति जनाए । उनले नेपाल–भारत सीमा वैज्ञानिक ढंगले निर्धारण गर्नुपर्नेमा समेत जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण