तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौलाले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेकी छिन् । लिपुलेक, कालापानी हाम्रो हो भनेर संसदबाट प्रस्ताव पारित गरेर भारतसँग राजनीतिक वार्तामा बस्न पनि सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई गर्न नहुने काँग्रेस सांसद संग्रौलाको भनाई छ ।
‘लिपुलेक, कालापानी हाम्रो हो भनेर सदनबाट प्रस्ताव पारित गर्न पनि संसदको हिउँदे अधिवेशन तत्काल बोलाउनुपर्दछ,’ सोमबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतसँगको सीमा समस्या समाधानका लागि सर्वपक्षीय राजनीतिक वार्ता भयो, अब सदन बोलाएर त्यसबाट पनि यो प्रस्ताव पारित गरेर अघि बढनुपर्छ ।’
सांसद संग्रौलाले भारतले सीमा अतिक्रमण भएको राजनीतिक नक्सा सार्वजनिक गरेर नेपालको स्वाभिमान माथिनै आँच पु¥याउन लागिसकेको उल्लेख गर्दै दुई मुलुकबीचको सीमा एकीन गर्न पनि सरकारलाई सचेत गराइन् ।
काँग्रेस सांसद संग्रौलाले भारतले नेपाली भूमि हड्पेको दावी गर्दै अब ती समस्या समाधानका लागि सरकारले निर्णायक वार्ता गर्ने बेला आएको पनि पटक–पटक दोहो¥याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण