खस्कियो पारस र सन्दीपको वरियता
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० क्रिकेटको खेलाडी वरियतामा नेपालका पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको वरियता खस्किएको छ । आईसीसीले समोबार सार्वजनिक गरेको नयाँ ब्याटिङको वरियतामा पारस ५५ औं स्थानमा झरेका छन् ।
यसअघि पारस ब्याटिङतर्फ ४५औं स्थानमा थिए । तर, पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अगाडी छन् । पारसको अलराउण्डर वरियता समेत घटेको छ । अलराउण्डरमा पारस ३२ औं स्थानमा झरेका छन् ।
यसअघि पारस २४ औं स्थानमा रहेका थिए । अलराउण्डरमा नेपालका सोमपाल कामी ६७ औं र करण केसी ८८ औं स्थानमा रहेका छन् । दुवैको वरियता खस्किएको हो । यसअघि सोमपाल ६२ औं र करण ८२ औं स्थानमा थिए । यसैगरी बलिङतर्फ सन्दीप ६९ औं स्थानमा झरेका छन् ।
यसअघि सन्दीप ६४ औं स्थानमा थिए । बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण एक सयौं स्थानमा छन् । बलिङमा दुवैको वरियता घटेको हो । यसअघि सोमपालको वरियता ६८ औं र करणको ८३ औं रहेको थियो । बलिङमा नेपालका बसन्त रेग्मी र अविनाश बोहरा भने शीर्ष एक सयबाट बाहिरिएका छन् । अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश एक सयौं स्थानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण