खस्कियो पारस र सन्दीपको वरियता
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० क्रिकेटको खेलाडी वरियतामा नेपालका पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको वरियता खस्किएको छ । आईसीसीले समोबार सार्वजनिक गरेको नयाँ ब्याटिङको वरियतामा पारस ५५ औं स्थानमा झरेका छन् ।
यसअघि पारस ब्याटिङतर्फ ४५औं स्थानमा थिए । तर, पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अगाडी छन् । पारसको अलराउण्डर वरियता समेत घटेको छ । अलराउण्डरमा पारस ३२ औं स्थानमा झरेका छन् ।
यसअघि पारस २४ औं स्थानमा रहेका थिए । अलराउण्डरमा नेपालका सोमपाल कामी ६७ औं र करण केसी ८८ औं स्थानमा रहेका छन् । दुवैको वरियता खस्किएको हो । यसअघि सोमपाल ६२ औं र करण ८२ औं स्थानमा थिए । यसैगरी बलिङतर्फ सन्दीप ६९ औं स्थानमा झरेका छन् ।
यसअघि सन्दीप ६४ औं स्थानमा थिए । बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण एक सयौं स्थानमा छन् । बलिङमा दुवैको वरियता घटेको हो । यसअघि सोमपालको वरियता ६८ औं र करणको ८३ औं रहेको थियो । बलिङमा नेपालका बसन्त रेग्मी र अविनाश बोहरा भने शीर्ष एक सयबाट बाहिरिएका छन् । अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश एक सयौं स्थानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने
-
बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’
-
मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा
-
वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो
-
अहिले गृहमन्त्री लामिछानेको ठगी प्रकरणबारे मात्रै छानबिन समिति बनाउनुपर्छ ः भीमसेनदास प्रधान
-
अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु