नवजात शिशुको हातमा ६ – ६ वटा औंला थिएः नर्सले अतिरिक्त औंला काटिदिइन्, मृत्यु
भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ ।
सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए । नर्सले नवजात शिशुको एक–एकवटा औंला काटिदिएलगत्तै बालकको स्थिती बिग्रन थाल्यो र उनको मृत्यु भयो । बालकका पिताले स्वास्थ्यकर्मी विद्या देवीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार शनिबार राती लक्ष्मी नामकी महिलालाई प्रसव पीडा भएपछि सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा भर्ना गरिएको थियो । आइतबार बिहान लक्ष्मीले छोरा जन्माइन् ।
लक्ष्मीका श्रीमान्ले महिला स्वास्थ्यकर्मी विद्याले बालकको औंला काटिदिएपछि मृत्यु भएको आरोप लगाएका छन् ।
पुलिस अधिकारी आलोक प्रियदर्शीले महिला स्वास्थ्यकर्मीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसका साथै डाक्टर एसके रावतले बालकको औंला काट्नका लागि परिवारको सहमती लिए नलिएको भन्दै अनुसन्धान गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण