तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाइने
चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ ।
नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताए।
उनले भने, “हामी दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई सुन्दर चित्र बनाउनेछौँ ।” राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिकोे शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र बनाएर प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । चित्र बनाइसकेपछि नेपाल सरकारलाई उपहारस्वरुप दिने प्रमुख हुले जानकारी दिए ।
चीनका चित्रकार वाङ मिङले लुम्बिनीमा उक्त चित्र बनाउने बताए । वृत्तचित्र आगामी मार्च महिनाबाट छायाङ्कन शुरु हुने उनले बताए । निर्माण भइसकेपछि नेपाल, चीनलगायत अन्य देशमा हुने चलचित्र महोत्सवमा प्रदर्शन गरिने उहाँको भनाइ छ ।
वृतचित्रको प्रदर्शनपछि सोही तेलचित्र चोरिएको विषयलाई लिएर ठूलो पर्दाको चलचित्र बनाउने कम्पनीको योजना छ । उक्त चलचित्रमा नेपालका तर्फबाट अभिनेता रेश मरहठ्ठालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हुले जानकारी दिए ।
उनले भने, “मुख्य भूमिकामा रेशलाई खेलाउने सहमति भएको छ, अर्को महिना बेइजिङमा हाम्रो औपचारिक सम्झौता हुनेछ ।” अभिनेता रेशले आफू यसरी नेपालबाट चीनले बनाउने फिल्ममा छनोट हुन पाउँदा गर्व लागेको बताए । चलचित्रमा छनोट हुनु भनेको नेपाल र नेपालीको सम्मानको विषय भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण